युवाहरुको मुख थुनि बोल्न नदिएकोबारे सरकारसँग जवाफ माग काठमाडौं, ८ चैत। राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले मंगलवार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छन्। मंगलवार एक कार्यक्रममा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले उनीहरुको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरुलाई पक्राउ समेत गरेको थियो। सोही विषयमा आज सांसद पौड्यालले सरकारको जवाफ माग गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस्