
पत्रकारहरुले आफ्नो जिम्मेवारी पुरा गरेनन् : सभामुख घिमिरे
काठमाडौं, ३ चैत। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको जनाएका छन्। शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको समेत बताए। पत्रकारहरुलाई त्यसबाट मुक्त हुन उनले आग्रह गरे।‘पत्रकारहरुले जति जिम्मेवारीकासाथ पत्रकारिता गर्नु पर्दथ्यो, त्यो खालको छैन। पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ। पत्रकारहरु बिक्रीमा छन्,’उनले भने।
प्रतिक्रिया दिनुहोस्