काँग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट छैनः शेखर कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकारलाई राम्ररी चलाउने जिम्मेवारी कांग्रेसकै भएको बताएका छन् । मंगलबार कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताए ।‘प्रचण्डजीको सरकार छ, १० वटा दल छ भनिन्छ। त्यो १० वटा दललाई सम्हालेर अगाडि बढ्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै हो’, उनले भने।
प्रतिक्रिया दिनुहोस्