२०७७ असार २१, आईतबार

कर्णालीलाई जागरुक बनाउने ‘पुस्तक चर्चा’

काठमाडौं। कोभिड-१९ को कहर बढ्दो छ। मानिस घरबाहिर निस्कन पाएका छैनन्। थुप्रैको काम ठप्प छ। शैक्षिक संस्था बन्द छन्। सभा, सम्मेलन, वार्ता र छलफल रोकिएका छन्।

जीवनका अनेकन पाटाहरू रोकिएका छन्। तर, यसको मतलब यो होइन कि हामीले हाम्रो दिमागलाई काम गर्नबाट रोक्नुपर्छ। र, हाम्रो दिमागलाई व्यस्त राख्‍न हजारौं उपाय हामीमाझ छन्। त्यसैमध्येको उपाय हो, पुस्तक अध्ययन वा पुस्तक वार्ता।

तपाईंले आफूसँग भएका पुस्तकहरू पढेर यो समय सदुपयोग गर्न सक्नुहुन्छ। यदि तपाईंसँग पुस्तक छैनन् र कुन पुस्तक पढ्दा राम्रो हुन्छ होला भनेर सोचिरहनुभएको छ भने तपाईंका लागि राम्रो माध्यम बन्‍न सक्छ, कर्णाली रिडर्स सोसाइटीले सुरु गरेको ‘भर्चुअल पुस्तक परिचर्चा’।

सचिन तिमल्सिना, दिव्यराज खड्का, विनोद शाही, पहल असीम थापा र हरि उपाध्यायको टोलीले १६ चैतदेखि ‘अध्ययन गरौं, ज्ञान बाँडौं’ नारासहित यो भर्चुअल पुस्तक परिचर्चा शुरु गरेका थिए। यसमा हरेक दिन विभिन्‍न उमेरसमूहका पाठकले आफूले अध्ययन गरेका पुस्तकबारे चर्चा गर्छन्।

पठन संस्कृति बढाउन यो भर्चुअल पुस्तक परिचर्चा शुरु गरेको सोसाइटीका सञ्‍चालन सदस्यमध्येका सचिन तिमल्सिना बताउँछन्।

‘काठमाडौंको मार्टिन चौतारी, पोखरालगायत ठाउँमा पहिले पुस्तक चर्चा हुन्थ्यो। तर, महामारीले गर्दा त्यो क्रम रोकियो। त्यसमाथि लकडाउन लम्बिने आशंका बढ्यो,’ उनी भन्छन्, ‘त्यसैले लकडाउनको समय उपयोग गर्दै पाठकलाई पढ्न प्रेरणा मिलोस् भनेर विकल्पका रूपमा हामीले भर्चुअल पुस्तक परिचर्चा शुरु गरेका हौं।’

उनीहरूले फेसबुक पेज बनाएर पाठकलाई आह्वान गरे। पहिलो शृंखलामा दिव्यराज खड्काले ‘द बुक थिप’ पुस्तकमाथि चर्चा गरेका थिए। त्यसपछि यो क्रम निरन्तर चल्यो।

२८ जेठसम्म भर्चुअल पुस्तक परिचर्चाको ७४ औं शृंखला सम्पन्‍न भइसकेको छ।

यहाँ चर्चा हुने पुस्तक एकै विधा वा एकै देशका छैनन्। नेपाली होस् या विदेशी, आख्यान होस् या गैरआख्यान, सबै विधा समेटिएका छन्। पाठकले विभिन्‍न विधाका पुस्तकबारे चर्चा गर्न पाउँछन्। विभिन्‍न उमेर समूहका वक्ता हुन्छन्। सबलांग मात्रै नभई फरक क्षमता भएका वक्ता पनि परिचर्चामा सहभागी हुन्छन्।

बिजनेस, नीति, पुरातत्त्व, अध्यात्मलगायत जीवनोपयोगी पुस्तकहरूबारे बढी चर्चा भएको छ।

“अहिले पुस्तक पसलहरू बन्द छन्। आफूसित भएका पुस्तक पढिसकिएको हुन सक्छ। तत्काल पुस्तक पढ्न नपाइला। तर, वक्ताहरूले चर्चा गरेका पुस्तक लकडाउन खुलेपछि किनेर पढ्न पनि सकिन्छ,” तिमल्सिना भन्छन्।

नेपालमा पठन संस्कृति विकासको चरणमा छ। सामाजिक सञ्‍जालमा देखिने टीका-टिप्पणीबाट पनि त्यसको पुष्‍टि हुन्छ। त्यस्ता टीका-टिप्पणी सतही र आरोप-प्रत्यारोपमा सीमित हुन्छन्।

सामाजिक सञ्‍जालमा देखिएका ट्रोल वा अन्य सामान्य जानकारीकै भरमा मानिसले हल्का टिप्पणी गरिरहेका हुन्छन्।

“जानकारी त टेलिभिजन हेरेर, कसैको आर्टिकल पढेर पनि लिन सकिन्छ। तर, ती अपुरा हुन्छन्,” तिमल्सिना भन्छन्, “त्यसैले कुनै पनि विषयमा जान्‍नका लागि विज्ञहरूले लेखेका पुस्तक नै पढ्नुपर्छ। र, पुस्तक पढेका मानिसले सामान्य जानकारीकै भरमा हल्का टिप्पणी गर्दै हिँड्दैनन्।” पुस्तक पढेपछि चिन्तन मनन गर्ने क्षमतामा वृद्धि हुने उनको ठम्याइ छ।

सत्तामा पुगेकाहरू पनि पठन संस्कृतिमैत्री हुन नसकेको उनी बताउँछन्। भन्छन्, “सरकारले पठनको महत्व बुझेको छैन। त्यसैले त पुस्तकमा कर लगाएको छ।”

देशभर नै पुस्तक पढ्नेहरूको संख्या कम छ। कर्णाली प्रदेशमा त झनै कम छ। त्यसैले यो पुस्तक परिचर्चामार्फत कर्णाली प्रदेशवासीको पठन संस्कृति कस्तो छ भनेर सर्वेसमेत गर्न खोजेको सचिन बताउँछन्।

“कर्णाली प्रदेशस्तरीय पुस्तकालय बनाउनेबारे योजना बनिसकेको छ, त्यसका लागि त्यहाँको पठन संस्कृतिबारे हामी सर्वे पनि गर्दैछौँ,” उनी भन्छन्, ‘युवापुस्ताले कम र ३० वर्षभन्दा माथिको उमेर समूहले बढी पुस्तक पढ्ने गरेको पाइएको छ।”

लकडाउन खुलेपछि पनि साता वा महीनामा एकपटक यो कार्यक्रमलाई निरन्तरता दिने सोच रहेको तिमल्सिना बताउँछन्। भन्छन्, “अहिले वक्ताले आफूलाई मन परेको पुस्तकमा चर्चा गर्नुभएको छ। पछि हामीले पनि कुनै राम्रा पुस्तकबारे चर्चा गर्न भन्‍न सक्छौँ।”

कर्णालीलाई जागरुक बनाउने ‘पुस्तक चर्चा’

प्रकाशित: बिहिबार, जेठ २९, २०७७ ०७:१०

यहाँ चर्चा हुने पुस्तक एकै विधाका वा एकै देशका छैनन्। नेपाली होस् या विदेशी, आख्यान होस् या गैरआख्यान, सबै विधा समेटिएका छन्।