२०७७ असार ३१, बुधबार

एकैदिन १५ अन्तर्राष्ट्रिय उडान, ११ सयबढी नेपाली स्वदेश फर्किए

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो एकैदिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन्। 

यसअघि ९ र १० असारमा १४/१४ उडान भएको थियो। यी सबै उडान यात्रुको उद्धार तथा कार्गो हुन्। विभिन्न मुलुकबाट उद्धार उडानमार्फत हिजो एक हजार ३०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।

विभिन्न एअरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौं ल्याइरहेका हुन्। 

हिजो नेपाल एअरलाइन्सले जापानको नारिताबाट २४२ यात्रु र दुई बच्चा साथै कुवेतबाट १४९ यात्रु काठमाडौं ल्याएको छ। सोही एअरलाइन्सका दुई जहाज नेपाली ल्याउन बहराइन उडेको थियो।

त्यस्तै हिमालय एअरलाइन्सले अबुदाबीबाट १५४ र दोहाबाट १५६ यात्रु उद्धार गरी ल्याएको विमानस्थलले विज्ञप्तिमार्फत जनाएको छ। 

जजीरा एअरलायन्सले कुवेतबाट १४६ यात्रु र एक बच्चा ल्याएको छ। उक्त एअरलाइन्सको जहाज नेपाली ल्याउन पुनः कुवेत उडेको छ।

कतार एअरवेजले दोहाबाट १४७ यात्रु काठमाडौं ल्याएको छ। फ्लाइ दुबईले दुबईबाट १८९ यात्रु र एक बच्चा ल्याएको छ। सोही एअरलाइन्सको अर्को उडानले एक यात्रु मात्र काठमाडौं ल्याएको जनाइएको छ। 

आज पनि अन्तराष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका विमानस्थलले सार्वजनिक गरेको छ। दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर र मेलबर्नमा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रकाशित: शुक्रबार, असार १२, २०७७ ०६:०३

अन्तराष्ट्रियतर्फ आज १० उडान हुने कार्यतालिका रहेको विमानस्थलले जनाएको छ। दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर र मेलबर्नमा आज चार्टर्ड उडान हुनेछ। 