२०७७ असार २७, शनिबार

भारत-चीन लडे भने नेपाल कता लाग्ला?

पछिल्लो समय निकटतम छिमेकी चीन र भारतबीचको राजनीतिक तनाव ह्वात्तै बढेको छ। भारतीय मिडियालाई पत्याउने हो भने यी दुई विशाल मुलुक युद्धमैदानमा होमिइसकेका छन्। 

तर, भारतीय मिडिया (विशेषगरी केही टेलिभिजन च्यानल) ले भनेजस्तो दुई देशबीच लडाइँ नै शुरू भइसकेको अवस्था छैन। इन्डिया टीभी नामक एक च्यानलले बनाएको कार्टुन (ओएमजी) मा दुई देशका सेना लडेर भारतले जितेको देखाइएको छ। 

कतिपय टेलिभिजन च्यानल भारतीय जनतामा चीनविरोधी भावना विकसित गर्न दिनरात लागिपरेका देखिन्छन्। सीमा विवादकै कारण दुई देशबीचको १९६२ मा भएको युद्धमा भारतले हार बेहोरेको थियो। अहिले पनि यी दुई देश सीमा विवादमा अल्झिएका छन्।

राजेन्द्र पराजुली

लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकहरूबीच असारको पहिलो साता भएको भिडन्तमा २० भारतीय सैनिक मारिएको समाचार आयो। 

चीनतर्फ के भयो त्यसको कुनै जानकारी आएको छैन। चीनको मौनले धेरैखालका शङ्का पैदा गरिदिएको छ। चीनतर्फ कति हताहत भए त्यो कसैले थाहा पाएको छैन।

गलवान भिडन्तपछि र त्यसअघि पनि दुई देशका उच्च सैनिक अधिकारीले सीमा विवादबारे वार्ता गर्दै आएका छन्। र, तत्कालै कुनै हिंस्रक भिडन्त हुने अवस्था देखिँदैन। 

अर्कोतिर यी दुई देशबीच ठूलो व्यापारिक कारोबार चल्दै आएको छ। भारतका कतिपय अर्थविद् र व्यापारी नै पनि चिनियाँ प्रत्यक्ष लगानी किन भारत ल्याउन सकिएन भन्ने चिन्ता र चिन्तनमा लागेको देखिन्छ। यसकारण पनि यही अवस्थामा ती दुई देश युद्धमै उत्रिएलान् र भन्ने प्रश्न गर्न सकिन्छ। 

२०७२ को भूकम्पका बखत इन्धनलगायत अन्य केही सामान्य सहयोग गरेको चीनले नेपाललाई सल्लाह दिँदै भारतसँग सम्बन्ध नबिगार्न भन्यो। यसबाट के प्रष्ट हुन्छ भने चीन कुनै पनि हालतमा भारतलाई चिढाएर नेपालको पक्षमा उभिँदैन। उसले भारतलाई ठूलो बजारका रुपमा बुझेको छ भने नेपाल उसका लागि निकै सानो उपभोक्ता हो।

तथापि युद्ध, प्रेम र राजनीतिको नतिजा कहिलेकाहीँ नसोचिएको आउन सक्छ भन्ने तथ्यलाई मान्ने हो भने ती क्रिया कुनै पनि बखत हुन सक्छन्। 

यी दुई ठूला र महाशक्ति बन्ने होडमा दौडिरहेका राष्ट्रबीच साँच्चिकै युद्ध भयो भने नेपालमा त्यसको कस्तो असर पर्ला? नेपाल कसको पक्षमा उभिएला? यी र यस्ता पेचिला प्रश्नहरु अहिले खासगरी नेपालका युवाजमातको मस्तिष्कमा खेल्न थालेको पाइन्छ।

अहिलेको पुस्ताले नेपालमाथि भारतले गरेको केही ज्यादति देख्न पाएको छ। २०७२ सालमा महाभूकम्पले थिलथिलो बनिरहेको छिमेकलाई आधा वर्ष लामो नाकाबन्दी गरिदिएर भारतले नेपाली युवाको मन नराम्ररी दुखाएको छ।

त्यसपछि हालै नेपालको सीमा मिचेर उसले पुनः आफ्नो गलत चरित्र प्रकट गरेको छ। योभन्दा अघिल्लो पुस्ता त भारतको व्यवहारबाट धेरै पटक पीडित भइसकेको छ। त्यसकारण पनि नेपाली युवाको मन स्वतः भारतविरोधी बन्दै गएको छ।

यसको अर्थ नेपालीको मन चीनले मज्जाले जितेको छ भन्ने होइन। नेपाललाई जबजब अप्ठेरो पर्छ, त्यो उत्तरी छिमेकीले दयाभाव प्रकट गर्दै आएको छ। आफ्नो निकटतम छिमेकीलाई कसरी बलियो बनाउने भन्नेबारे चीनले कहिल्यै सोचेको र सोही तहमा सहयोग गरेको छैन। 

पाँच वर्षअघि २०१५ मा भारत र चीनले मिलेर लिपुलेकको बाटो हुँदै दुई देशबीचको व्यापार विस्तार गर्ने सम्झौता गरे। त्यो कदमको नेपालले विरोध जनायो, तर त्यसको सुनुवाइ न त चीनबाट न त भारतबाटै भयो! 

एउटा असल छिमेकीले सही र सत्य कुरामा पन्छिन खोज्नु कुनै पनि दृष्टिमा उचित मान्न सकिँदैन। छिमेकमा आगो लाग्दा निभाउन मद्दत नगर्ने छिमेकी काम लाग्दैन। यस हिसाबले पनि नेपाल जबसम्म आफ्नो खुट्टामा बलियो गरी उभिन सक्दैन दुवै छिमेकीले हाम्रो घाँटी अँठ्याइरहने देखिन्छ।

विदितै छ, लिपुलेक त्रिदेशीय बिन्दु हो। त्यही स्थानलाई भारतको व्यापारमा सहयोग पुग्ने गरी अघि बढ्ने कुरामा चीन सहमत भएकै हो। 

त्यसकारण पनि चीनले नेपाललाई परिआउँदा पक्ष लिँदैन। कि त मौन बस्छ कि त भारततर्फ ढल्कन्छ। मौन रहनु जसरी नेपालको पक्षमा नआउनु हो, भारतकै पक्ष लिइसकेपछि त बाँकी के नै रहन्छ र!

के चीन हाम्रो असल र सदा शुभचिन्तक नै हो त? इतिहासको टाढाको कालखण्ड हेर्दा चीन नेपालको शुभचिन्तक रहेको खासै पाइँदैन। उसले नेपाललाई प्रयोगको गोटी भने बनाउँदै आएको छ। 

आफ्नो स्वार्थसिद्ध गर्न चीन जे पनि गर्न तत्पर हुने मुलुकका रुपमा पछिल्लो सयम चिनिँदै आएको छ। पछिल्ला दिनहरुमा नेपालको आन्तरिक मुद्दाहरुमा चीन मौन रहेको देखिन्छ। यो मौन नेपालको हितमा छैन। 

लद्दाखमा भारतले बाटो बनाउँदा आफूलाई रणनीतिक रूपमा अप्ठ्यारो पर्ने चिनियाँ प्रतिक्रिया रह्यो। तर, नेपाली भूमिमा भारतले बाटो बनाउँदा चुपचाप बस्यो। 

चीन आफ्नै कारणले भारतसँग युद्ध होस् भन्ने चाहँदैन। र, भारत पनि त्यस्तो चाहँदैन। दुई देशको राजनीतिक तहका जिम्मेवार व्यक्ति युद्ध चाहँदैनन्। व्यापारी, असर राजनीतिज्ञ वा विद्वान् कोही पनि दुई देश युद्ध गरुन् भन्ने चाहँदैनन्। 

यी ठूला देशबीचको युद्धमा नेपाल दक्षिणतिर हेर्ला कि उत्तरतर्फ आँखा फर्काउला? गुन, सहयोग, शुभेच्छाजस्ता विशेषणको मूल्याङ्कन गर्दा र नेपाली युवा जनशक्तिको मनोदशा केलाउँदा भने नेपाल चीनतर्फ नै ढल्किने छ। 

चीनले अहिले पनि शान्ति र वार्ताको कुरा अघि सारिरहेको छ। यो उसको रणनीति पनि हुन सक्छ र बठ्याइँ पनि हुन सक्छ। यस्तो रणनीतिले भोलि कथंकदाचित् युद्ध नै भइहाले पनि त्यो आफ्ना कारणले नभएको देखाउन पाइने कुरा उसले बुझेको छ। संसारसामु आफ्नो गल्ती नरहेको देखाउन चाहन्छ चीन। 

तर, भारतको एउटा कुटिल समूह चीनसँग लडाइँ भएको देख्न चाहन्छ। त्यो कुटिल समूहमा बढी मात्रामा आफूलाई राष्ट्रवादी भनाउनेहरु छन्। र, अधिकांश भारतीय मिडिया चीनलाई युद्धमार्फत् हराउनुपर्ने सपनाको व्यापार गरिरहेका छन्। 

तिनलाई भारतले चीनसँग लड्न जानु र पाकिस्तानसँग निहुँ खोज्नु एउटै कामजस्तो लाग्छ। तिनलाई युद्धको समाचार देखाएर टेलिभिजन च्यानलको दर्शकवृद्धि गर्नु छ। 

अहिले अमेरिका जसरी हुन्छ, चीनलाई ठेगान लगाउने मनोविज्ञानमा छ। उसको यस्तो मनोविज्ञान कति लामो समयसम्म रहन्छ ? केही समयअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी चुनावमा आफूलाई जिताउन चीनले मद्दत गर्नुपर्ने बताएका थिए। 

यसकारण पनि यी दुई महाशक्तिबीच सम्बन्ध न्यानो बन्यो भने कुनै अनौठो मान्नु पर्दैन। भविष्यमा अमेरिका र चीनकै सम्बन्धमा सुधार आउन सक्छ भन्ने कुराको हेक्का भारतीयय च्यानल र पत्रकारलाई छैन। त्यो अवस्था आउँदा भारतीय मिडियाले के समाचार बनाउलान्? 

पांगोंग ताल क्षेत्रमा चीन र भारतको दावी रहेका क्षेत्रहरू देखाइएको स्याटलाइट तस्वीर। तस्वीर स्रोतः ट्वीटर अकाउन्ट @detresfa_

राष्ट्रवादको नारा उरालेर प्रसिद्धि कमाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई के थाहा छ भने, भारतले चीनसँग युद्ध गर्न सक्दैन। र, युद्धले भारतको अर्थव्यवस्थाका साथै अन्य तमाम परिस्थिति अकल्पनीय मोडमा पुग्नेछ। 

त्यो अकल्पनीय अवस्थाबाट भारतले पार पाउन निकै लामो समय खर्चनु पर्नेछ। कुरो भारतको मात्र होइन, युद्धले कुनै पनि देशलाई फाइदा गर्दैन।

यति हुँदाहुँदै पनि ती दुई मुलुकबीचको सम्बन्ध निकै लामो समयदेखि चिसिँदै आएको छ। चीनलाई जसरी हुन्छ औद्योगिक चमत्कारका माध्यमबाट संसारको धनी मुलुक बन्नु छ। 

अमेरिकाले व्यापारयुद्धको घोषणा गरिरहँदा पनि चीन वार्ताको प्रस्ताव गर्न पछि हटेन। चीनको उद्देश्य वैश्विक व्यापारमा एकलौटी कायम गर्ने रहँदै आएको छ। यही उद्देश्य परिपूर्तिका निम्ति उसले बीआरआईलगायतका महत्वाकांक्षी योजना अघि सारेको हो।

भारतसँग यस्तो वैश्विक योजना खासै छैनन्। उसले त कहिले चीन र अमेरिकाको सम्बन्ध खराब होला र अमेरिकातिर आफ्नो सामानका साथै कूटनीति मजबुत पार्न सकिएला भन्ने दाउ हेरेर बसिरहेको छ। 

यही दाउ, राष्ट्रवादीहरु र मिडियाको दबाबका कारण युद्ध नहोला नै भनेर ठोकुवा भने गर्न सकिने अवस्था पनि छैन। 

यसको अर्थ यो होइन कि, नेपाल र नेपालीका निम्ति चीन प्यारो छ। यो बाध्यकारी अवस्था हुनेछ। युद्धको समयमा नेपाल असंलग्न रहन सक्ने छैन। 

यति भनिसकेर पनि दुई विशाल मुलुकको बीचमा रहेको नेपालले कामनाचाहिँ के गर्छ र गर्नुपर्छ भने, चीन र भारतबीच कहिल्यै युद्ध नहोस्! 

भारत-चीन लडे भने नेपाल कता लाग्ला?

२ असारमा लद्दाख जानुअघि श्रीनगरको दक्षिणपश्चिममा रहेको बाल्तालनेर आराम गर्दै भारतीय सेनाका सैनिकहरू। तस्वीर : रोयटर्स।
प्रकाशित: आईतबार, असार १४, २०७७ १०:२०
  • भारतीय मिडियालाई पत्याउने हो भने यी दुई विशाल मुलुक युद्धमैदानमा होमिइसकेका छन्
  • भारतीय सत्ताको व्यवहारबाट नेपाली युवा चिढिएका छन् 
  • चीन आफ्नै कारणले भारतसँग युद्ध होस् भन्ने चाहँदैन र भारत पनि त्यस्तो चाहँदैन
  • बाध्यकारी अवस्थामा नेपाल असंलग्न रहन सक्ने छैन