२०७७ असार २७, शनिबार

‘कविता लेख्नु र राजनीति गर्नु मलाई उस्तै लाग्छ’

जमैकामा १९५२ मा जन्मिएका र हाल बेलायतमा बसोबास गर्दै आएका कवि लिन्टन क्‍वेसी जोनसन कविता लेखनका साथै प्रस्तुतिमा पनि प्रख्यात छन्। पेनगुइन मोडर्न क्लासिकबाट पुस्तक प्रकाशित हुने अश्वेतका एकमात्र कविका रुपमा पनि उनलाई चिनिन्छ। ‘दि गार्जियन’का लागि जुडी रोजर्सले गरेको कुराकानीको अनुदित तथा सम्पादित अंशः

कविता लेख्न कसरी सुरु गर्नुभयो?

मैले कालाे वर्णका मानिसबारे लेखिएका साहित्य खोजेर पढेपछि लेख्न थालेको हुँ। यसले मभित्र केही हलचल मच्चाइदियो। मेरा निम्ति कविता लेख्नु सधैं नै एउटा राजनीतिक कार्य हो। कविता सांस्कृतिक हतियार पनि हो।

तपाईंका पाठक को हुन्?

मसँग दुई प्रकारका ‘सेट’ छन्। मैले कविताको ४० लाख रेकर्ड बेचेको छु। मेरा लागि एल्बम बनाउनु भनेको बढीभन्दा बढी मानिससम्म आफ्ना कविता पुर्‍याउनु हो, एल्बमबाट ठूलो काम भएको छ। दोस्रो सेटचाहिँ ती मानिसम्म पुर्‍याउनु हो, जो मेरा  कविता पढ्न चाहन्छन्। देशका विभिन्न भागमा यो पुगेको छ, सानै सङ्ख्यामा भए पनि।

तपाईं आफूले लेखेको भए हुन्थ्यो भन्ने लागेको कुनै एक कविताको नाम लिनुस् न?

गुयनाका कवि मार्टिन कार्टरले लेखेको ‘पोयम अफ सेप एन्ड मोसन’ मलाई एकदम मन पर्छ। कविता यसरी सुरु हुन्छ- म सोचिरहेको छु कि म यो मनोभावलाई कुनै ठोस आकार दिन सकूँ, म चाहन्थेँ आगोलाई ठोसमा देख्न। कविताको यो लय सुन्दर, गहिरो र सुरुचिपूर्ण छ।

अहिलेको चुनौतीपूर्ण समयमा किन तपाईं कवितातर्फ आकर्षित हुनुभयो?

जमैकाका प्रख्यात कवि लोर्ना गुडिसनले भनेका छन्- कवितामा औषधीय गुण हुन्छ। यो सुखदायी, चिकित्सकीय र यतिसम्म कि तपाईंको दिक्क मानिरहेको दिमागमा हलचल ल्याइदिन सक्छ। यसले उद्देश्यपरक काम गरिरहेको हुन्छ, जस्तो कि मेरी आमाको समयमा धर्मग्रन्थ(बाइबल)ले गरेको थियो। उनले उक्त  पुस्तक प्रसन्नताका लागि पढेकी थिइन्। कवितामा त्यही गुण हुन्छ।

बेलायती प्रकाशनगृहमा एउटा अश्वेत कविका रुपमा तपाईंले केकस्ता चुनौतीको सामना गर्नुपर्‍यो?

म प्रकाशन उद्योगको हिस्सा कहिल्यै बनिनँ। म जब किशोर थिएँ, त्यसबेला पनि मलाई जोन कुपर क्लार्कको सहयात्री मानिन्थ्यो। जोन ‘पङ्‍क’ कवि थिए, मचाहिँ रेगे (प्रसिद्ध सङ्‍गीत- गितार) थिएँ। वस्तुहरु परिवर्तन भइरहेका छन्, जे बर्नार्ड तथा रेमन्ड एन्ट्रोबस छापामा आएका छन् भने रोजर रोबिन्सनले टीएस इलिएट पुरस्कार जितेका छन्। म आशावादी छु।

यहाँ ठूलो प्रतिक्रिया के आएको छ भने, कानुनी प्रक्रियामै पनि नश्लवाद हावी छ। र, प्रहरीमा दण्डहीनताको संस्कृति बलियो छ। म भन्न चाहन्छु, नश्लवाद  बेलायतको सांस्कृतिक डीएनएको हिस्सा हो।

के तपाईं पछिल्लो समयको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनबाट प्रभावित हुनु हुन्छ?

म युवामाथि के भइरहेको छ भन्नेबारे राम्ररी हेरिरहेको छु। म विद्रोही कार्यकर्ताको पिँढीबाट आएको हुँ, जो देश बदल्न चाहन्थे। युवा जनशक्ति पुनः जागेको छ। म खुसी छु, त्यो हेर्न अहिलेसम्म जीवित रहेकोमा। यसले केही फरक पर्दैन, यो अमेरिकाका कारण भएको हो। यहाँ ठूलो प्रतिक्रिया के आएको छ भने, कानुनी प्रक्रियामै पनि नश्लवाद हावी छ। र, प्रहरीमा दण्डहीनताको संस्कृति बलियो छ। म भन्न चाहन्छु, नश्लवाद  बेलायतको सांस्कृतिक डीएनएको हिस्सा हो।

उक्त आन्दोलनमा तपाईं सहभागी हुनु हुन्छ?

छैन। उनीहरु कुनै पुरातन काम गर्न चाहँदैनन्। यो उनीहरुको समय हो। उनीहरु त्यो अवस्थासम्म पुग्न चाहन्छन्, जुन अवस्थामा हामी जर्ज प्याडमोर इन्स्टिच्युटमा पुगेका थियौं (बेलायती र महाद्विपीय युरोपमा क्यारेबियन, अफ्रिकी तथा एसियालीमूलका कालाे वर्णका समुदायबारे एक सङ्ग्रह)।

तपाईंको मन पर्ने विरोध अथवा राजनीतिक कविता कुन हो?

‘त्यहाँ यो छ’- जेयने कोर्टेज नामका एकजना प्रख्यात अमेरिकी ज्याज कविको कविता। यो एकदमै अभद्र कविता हो। अमेरिकी अभिजात्य वर्ग र कुहिएका मानिसका बारेमा। यो जुझारु लयमा छ र यसको भाषाले रहस्योद्घाटन गर्छ।

कुन कविले तपाईंलाई बढी हसाउँछन् र किन?

जोन हेगले। मलाई उनका छोटा र रमाइला टुक्रा खुबै मन पर्छ। उनी मानिसका दैनन्दिन जीवनका बारेमा किस्सा लेख्छन्, कविता लेख्ने कविका बारेमा प्यारोडीजस्तै।

अहिलेको समयलाई दर्शाउने आफ्नो कविताको एक पङ्क्ति भन्नुस् न?

कविताको कुनै एक पङ्क्तिले त्यो बताउन सक्दैन। तर पनि एउटा कविताको पङ्क्ति याद आउँछ। त्यो कविता मैले आफ्नो ‘मोर टाइम’ एल्बम (१९९९)मा रेकर्ड गराएको थिएँ। यो कविताले प्रहरीको हिरासतमा मृत्यु भएको अश्वेतको आवाज उठाउँछ। पछिल्ला वर्षमा मैले जे लेखेँ, ती अधिकांशः नश्लीय समानता र सामाजिक न्यायका बारेमा छन्। यो आज पनि प्रासङ्‍गिक छ।

के कविताले संसार बदल्न सक्छ?

सक्दैन। कविताले केही पनि परिवर्तन गर्न सक्दैन, यसले मानिसको चेतना वृद्धि गर्न सक्छ। यसले मानिसमा जागरुकता पैदा गर्न सक्छ।

प्रकाशित: सोमबार, असार १५, २०७७ १३:३५
सारांशमा :
  • मैले कविताको ४० लाख रेकर्ड बेचेको छु, मेरा लागि एल्बम बनाउनु भनेको बढीभन्दा बढी मानिससम्म आफ्ना कविता पुर्‍याउनु हो
  • म विद्रोही कार्यकर्ताको पिँढीबाट आएको हुँ, जो देश बदल्न चाहन्थे। युवा जनशक्ति पुनः जागेको छ। म खुसी छु, त्यो हेर्न अहिलेसम्म जीवित रहेकोमा
  • कविताले केही पनि परिवर्तन गर्न सक्दैन, यसले मानिसको चेतना वृद्धि गर्न सक्छ। यसले मानिसमा जागरुकता पैदा गर्न सक्छ
पूरा पढ्नुहोस्