२०७७ असार ३१, बुधबार

एनआरएनए र अफ्रिकी मुलुकमा रहेका नेपाली समुदायबीच अन्तर्क्रिया

काडमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले अफ्रिकी मुलुकमा रहेका नेपाली समुदायसँग स्वास्थ्यसम्बन्धी अन्तर्क्रिया गरेको छ।
 
समितिका संयोजक डा. सञ्जीव सापकोटाको सक्रियतामा आयोजित कार्यक्रममा अफ्रिकामा रहेका नेपालीहरूले आ-आफ्नो क्षेत्रमा कोरोना भाइरसले पारेको प्रभावको बारेमा बोलेका थिए।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कोरानो भाइरसका कारणले विदेशमा रहेका नेपालीहरूको उद्धारको लागि संघ सक्रिय रहेको बताए। पन्तले अफ्रिकी मुलुकमा रहेका नेपाली समुदायमा भएको कोराना प्रभावको बारेमा जानकारी लिएका थिए।

दुई दर्जनभन्दा बढी सहभागी भिडियो लाइभ कार्यक्रममा संघका पाँच जना स्वास्थ्यसम्बन्धी विज्ञबाट सहभागीहरूले स्वास्थ्यसम्बन्धी जानकारी लिएका थिए।

कार्यक्रममा नाइजेरिया, केन्या, तान्जानिया, घाना, युगान्डा, साउथअफ्रिका, अइभरीकोस्ट र मोरक्को, मोजाम्बिक लगायत देशमा रहेका नेपाली सहभागी थिए। कार्यक्रममा कोरानो संक्रमणलाई फैलिन नदिने वैज्ञानिक उपाय, मानसिक स्वास्थ्यलगायतको विषयमा नेपाली समुदायले जानकारी दिएका थिए।

अन्तर्क्रियापछि संघअन्तर्गत अफ्रिकी मुलुकमा रहेका नेपालीहरूको स्वास्थ्यसम्बन्धी जानकारी लिन अफ्रिकी नेपाली स्वास्थ्य समिति गठन गरिएको छ।

प्रकाशित: सोमबार, असार १५, २०७७ १४:५३
सारांशमा :
  • दुई दर्जनभन्दा बढी सहभागी भिडियो लाइभ कार्यक्रममा संघका पाँच जना स्वास्थ्यसम्बन्धी विज्ञबाट सहभागीहरूले स्वास्थ्यसम्बन्धी जानकारी लिएका थिए
पूरा पढ्नुहोस्