२०७७ असार २७, शनिबार

गण्डकी प्रदेशका चार जिल्लामा १७ जना कोरोना संक्रमित थपिए

काठमाडौं। गण्डकी प्रदेशको चार जिल्लाका थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको ब्यासमा तीन पुरुष र दुई महिला गरी पाँचजना, स्याङ्जाको पुतलीबजारमा एक पुरुष, लमजुङको बेशीसहर, मर्स्याङ्दी, मध्यनेपालमा एक/एकजना महिला र मादीमा एकजना पुरुष एवं कास्कीको पोखरा महानगरपालिकामा ६ पुरुष र एक महिला संक्रमित फेला परेका हुन्। 

प्रदेश निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको नमूना परीक्षणमा उनीहरूको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो। 

आज थप भएकासहित गण्डकीमा कोरोनाका कूल संक्रमित ९६६ जना पुगेका छन्। 

यस प्रदेशबाट २१४ जना संक्रमणमुक्त भएर घर फर्किएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

गण्डकी स्वास्थ्य निर्देशनालय।
प्रकाशित: मंगलबार, असार १६, २०७७ ०६:१३
सारांशमा :
  • तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीमा संक्रमित थपिए
  • गण्डकीमा कूल संक्रमित ९६६ पुगे, २१४ जना संक्रमणमुक्त भएर डिस्चार्ज
पूरा पढ्नुहोस्