२०७७ असार २७, शनिबार

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदो महाधिवेशन र समसामयिक विषयमा बैठकमा छलफल हुने देखापढीलाई बताए। 

यसअघि १४ असारमा बसेको पदाधिकारी बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो। कांग्रेसले यसअघि नै आउँदो ७ देखि १० फागुनमा पाार्टीको १४औँ महाधिवेशनको मिति तय गरिसकेको छ। तर, कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन अघि गर्नुपर्ने धेरै काम प्रभावित भएका छन्।

आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनको तयारी र कार्यतालिका हेरफेर लगायतका विषयमा छलफल हुने कांग्रेस प्रवक्ता शर्माले बताए। १४ असारको पदाधिकारी बैठकमा पनि यस विषयमा छलफल चलेको थियो। कांग्रेसले यसअघि तय गरेको कार्यतालिका अनुसार अहिले  क्रियाशील सदस्यता वितरण र नवीकरणका काम हुनुपर्ने थियो तर, कोरोना भाइरस संक्रमणका कारण यी काम रोकिएका छन्। 

प्रकाशित: मंगलबार, असार १६, २०७७ ०७:३९
सारांशमा :
  • दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दै
  • आउँदो महाधिवेशन र समसामयिक विषयमा छलफल हुने
पूरा पढ्नुहोस्