२०७७ असार २७, शनिबार

मूल्य घटेपछि सर्लाहीका मकै उत्पादक किसान चिन्तित

सर्लाही। यहाँका किसान आफूले लगाएको मकैको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन्। 

फौजी कीराको सङ्क्रमणसँगै हावाहुरी र असिनापानीबाट बचेको मकैले मूल्यसमेत नपाउँदा उनीहरू थप मारमा परेका हुन्।

धेरै समस्याको सामना गरेर उत्पादन गरेको मकैको उचित मूल्य नपाउँदा थप मारमा परेको लालबन्दी नगरपालिका-१७ का किसान रमेश अधिकारीले गुनासो गरे। 

विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण लागू गरिएको बन्दाबन्दीले सवारीसाधन सञ्चालनमा नआउँदा कृषिजन्य उत्पादनको मूल्य लगातार ओरालो लागेपछि किसानहरु चिन्तित बनेका छन्।

गत वर्षको तुलनामा मकै उत्पादनमा लागत बढी लागेको तर मकैको बिक्री मूल्य भने गत वर्षको भन्दा दुई गुणाभन्दा बढीले घटेपछि लागतसम्म भए पनि कसरी उठाउने भन्ने चिन्तामा किसान छन्। 

बागमती नगरपालिका-८ शङ्करपुरका किसान भीमबहादुर कोइराला मकै उत्पादनमा मलखाद तथा फौजी किरा नियन्त्रणका लागि थप कीटनाशक औषधिसमेत प्रयोग गर्नुपर्दा उत्पादन लागत बढेको तर बन्दाबन्दीका कारण सवारीसाधन सञ्चालन नहुँदा बिक्री मूल्य घटेको बताउँछन्।

प्रति कट्ठा चार क्विन्टलसम्म मकै फल्ने खेतमा यस वर्ष तीन क्विन्टल मात्र फलेको कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त कार्यालय प्रमुख देवानन्द राय यादवले बताए। 

“सरकारले अन्य केही कृषि उपजको उत्पादन लागतलाई लिएर समर्थन मूल्य तोक्ने गरेको भए पनि मकैको समर्थन मूल्य नतोकेर राज्यले किसानलाई उपेक्षा गरेको छ”, किसान जङ्गबहादुर महतोले भने। 
    
सर्लाहीका किसानले ‘हाइब्रिड’ जातको मकैखेती गरी वर्षमा तीन बालीसम्म भित्र्याउने गरेका छन्। १२ हजार हेक्टर क्षेत्रफलमा ६३ हजार ६०० मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेकोमा पछिल्लो समयमा विभिन्न कारणले मकै उत्पादन घटेको ज्ञान केन्द्रका निमित्त प्रमुख यादवले बताए। रासस

प्रकाशित: मंगलबार, असार १६, २०७७ ०८:१६
  • फौजी कीराको सङ्क्रमणसँगै हावाहुरी र असिनापानीबाट बचेको मकैले मूल्य पाएन
  • प्रति कट्ठा चार क्विन्टलसम्म मकै फल्ने खेतमा यस वर्ष तीन क्विन्टल मात्र उत्पादन