२०७७ असार २७, शनिबार

सप्तरीको औद्योगिक क्षेत्र डुबानमा 

राजविराज। चार/पाँच दिनदेखिको अविरल वर्षातका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पानी पसेको छ। 

पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूमा पानी पस्दा लाखौँको क्षति भएको औद्योगिक क्षेत्रले जनाएको छ।

औद्योगिक क्षेत्रभित्र मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगलगायत सञ्चालमा छन्।

औद्योगिक क्षेत्रको पूर्व र दक्षिण छेउमा पानीको बहाव थुनिएर पानी निकास नभएका कारण औद्योगिक क्षेत्र जलमग्न भएको स्थानीयवासीले बताएका छन्।

त्यस्तै सप्तरीको दक्षिणी भेगकाको २०० बिघामा लगाइएको धान खेत डुबानमा परेको छ। तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीका गरी करीब २०० बिघा जग्गामा लगाइएको धानखेती डुबानमा परेको बताए। रासस

सप्तरीको औद्योगिक क्षेत्र डुबानमा 

प्रकाशित: मंगलबार, असार १६, २०७७ ०८:३०
सारांशमा :
  • गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पानी पस्दा केही उद्योगमा क्षति
  • तिलाठी कोइलाडी गाउँपालिकाको करीब २०० बिघा धान खेती डुबानमा
पूरा पढ्नुहोस्