२०७७ असार २१, आईतबार

पहिरोले जाजरकोटको छेडा–खलङ्गा सडक अवरुद्ध

जाजरकोट। तीन दिनदेखि परेको अविरल वर्षाका कारण जाजरकोट जोड्ने मुख्य सडक अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध भएको सडकमा दर्जनौँ ठाउँमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। 

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत छेडाबजार–खलङ्गा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधन बीच बाटोमा रोकिएका छन्। भेरी नगरपालिकाको भुरचौरमा तीन ठाउँमा सडक भासिएको छ। त्यस्तै जाजरकोट–खलङ्गा–पाँचकाटिया हुँदै कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भार्मसम्म जोड्ने सडकसमेत अवरुद्ध भएको छ।

लगातारको वर्षाका कारण भत्किएको सडक कहिलेसम्म निर्माण हुन्छ भन्ने अनुमान लगाउन गाह्रो भएको प्रजिअ पन्तले बताए। “सडक डिभिजनका प्रमुखले सडक भत्किएको ठाउँमा गएर कामलाई तीव्रता दिनुभएको छ, जतिसक्दो छिटो निर्माण गर्ने तयारी छ”, सीडीओ पन्तले भने। 

त्यस्तै जिल्ला प्रशासन कार्यालयको पर्खालसमेत भत्किएको छ। शिवालय गाउँपालिका–१ स्थित छेडाबजारमा पहिरो आउँदा तीन घर भत्किएका छन्। लगातार पानी परेपछि गाउँगाउँमा टेलिफोन टावर अवरुद्ध हुँदा सञ्चार सेवासमेत अवरुद्ध भएको छ।  रासस     

प्रकाशित: मंगलबार, असार १६, २०७७ ०९:४५
समाचार सारांशमा :
  • सडक अवरुद्ध भएसँगै सवारीसाधन बीच बाटोमा रोकिए
  • भत्किएको सडक निर्माणको टुंगो छैन
पूरा समाचार पढ्नुहोस्