२०७७ असार २१, आईतबार

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटीको आज चौथो दिनको बैठक शुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आजको बैठक शुरू भएको हो। 

जारी स्थायी कमिटीको बैठकमा आजदेखि कोभिड-१९ को रोकथाम र नियन्त्रणमा सरकारले गरेको काम र समग्र सरकारको कामको समिक्षाका बारेमा छलफल केन्द्रित हुने बताइएको छ।

१० असारमा उद्घाटन गरिएको बैठक अध्यक्षद्वयले मन्तव्य राख्दै बैठकका कार्यसूची तयार पारेर शुरू भएको थियो।

दोस्रो र तेस्रो दिन स्थायी कमिटीका सदस्यहरुले सीमा समस्याका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए।

नेकपाले स्थायी कमिटी बैठकका लागि सात वटा कार्यसूची बनाएको छ। आजको बैठकमा नेताहरूले सरकारको कामको समिक्षा गर्ने बताइएको छ।

नेकपा स्रोतका अनुसार त्यसअघि आज सदस्यहरूले प्रधानमन्त्रीले केहीदिन अघि भारतले आफूलाई हटाउन चलखेल गरिरहेको र त्यसमा नेपालका नेताहरुकोसमेत भूमिका रहेको भन्दै दिएको अभिव्यक्तिको बारेमा विषय उठाउने तयारी छ।

बैठक शुरू हुनुअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीलाई शीतल निवासमा भेटेर बालुवाटारस्थित बैठकस्थल आएका छन्। 

फाइल तस्वीर।
प्रकाशित: मंगलबार, असार १६, २०७७ ११:४७
समाचार सारांशमा :
  • १० असारमा उद्घाटन भएको बैठकको आज चौथो दिन
  • आजको बैठक कोभिड-१९ रोकथाम र नियन्त्रणको साथै समग्र सरकारको कामको समिक्षामा केन्द्रित
  • बैठक शुरू हुनुअघि प्रधानमन्त्री शीतल निवास गई राष्‍ट्रपति भेटेर बालुवाटारस्थित बैठकस्थलमा
पूरा समाचार पढ्नुहोस्