२०७७ असार २१, आईतबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु

काठमाडौं। चितवन, मोरङ, रुपन्देही, धनकुटा र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु भएको छ।
 
चितवनको भरतपुर महानगरपालिका-१९ सत्रकिलोस्थित सडकमा बा.१३ च ५९२९ नम्बरको स्कारपियो र एनएल ०१ क्यू ५१०६ नम्बरको ग्याँस बुलेट ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका-५ बस्ने ४८ वर्षीया प्रभा गौतमको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका स्कारपियोमामा सवार अन्य चारजनाको सोही अस्पतालमा उपचार भइरहेको छ। फरार रहेका ग्याँस बुलेटका चालकको प्रहरीले खोजी गरिरहेको छ। 

त्यस्तै मोरङको धनपालथान गाउँपालिका-५ स्थित लखना रायको खेत जोत्ने क्रममा को. २ त ६२१८ नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टरले च्यापिएर चालक सोही गाउँपालिका-६ बस्ने २२ वर्षीय मोहमद सजाद मियाँको मृत्यु भएको छ।
 
रुपन्देही, सैनामैना नगरपालिका-८ शान्तीटोलस्थित सडकमा लु.२ च ८५२९ नम्बरको कार र लु.५२ प ६२२९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।
 
यसैगरी रुपन्देही, तिलोत्तमा नगरपालिका-९ पुरानो सडकमा लु.१७ प ३१७५ नम्बरको मोटरसाकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय दिलमान राईको मृत्यु भएको छ।
 
धनकुटा, सागुरीगढी गाउँपालिका-६ कार्की छापस्थित सडकमा को.१ ख ४३६६ नम्बरको ट्रकले सोही ठाउँ बस्ने ४० वर्षीया कल्पना सुब्बाको घरमा ठक्कर खाई करीब ५० फिट तल खसेर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
 
कैलाली, बर्दगोरिया गाउँपालिका-१ कट्टिपुर चोकस्थित सडकमा भे.६ प २५२० नम्बरको मोटरसाइकलको ठक्करबाट ५ वर्षीय हिमान्सु परियारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते हिमान्सुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: मंगलबार, असार १६, २०७७ १२:४१
समाचार सारांशमा :
  • प्रहरीका अनुसार चितवन, धनकुटा, कैलाली, मोरङ र रुपन्देहीका विभिन्‍न स्थानमा छुट्टाछुट्टै दुर्घटना भएको हो। 
पूरा समाचार पढ्नुहोस्