२०७७ असार २१, आईतबार

नेपालमा कोरोना संक्रमणः कुन प्रदेशकाे अवस्था कस्ताे ?

काठमाडौं। नेपालमा देखिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरूमध्ये सबैभन्दा बढी प्रदेश ५ मा रहेका छन्।

नेपालभर कोरोना पुष्टि भएका कूल संख्याको २८ प्रतिशत संक्रमित उक्त प्रदेशमा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश ५ मा कूल संक्रमितको संख्या तीन हजार ८०७ पुगेको छ।

नेपालमा पुष्टि भएका कूल संक्रमित संख्या १३ हजार ५६४ छ।

मन्त्रालयको तथ्यांकअनुसार प्रदेश ५ पछि बढी संक्रमित हुनेमा प्रदेश २ छ। उक्त प्रदेशमा आजसम्म संक्रमितको संख्या तीन हजार ७९४ पुगेको छ, जुन नेपालको कूल संक्रमित संख्याको २७.९७ प्रतिशत हो। 

सुदूरपश्चिम प्रदेशमा दुई हजार ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्।

सबैभन्दा कम संक्रमित बागमती प्रदेशमा छन्। बागमतीमा आजसम्म जम्मा ४२८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक छ।

यसैगरी कर्णाली प्रदेशमा एक हजार ४६६, गण्डकी प्रदेशमा एक हजार १७, प्रदेश १ मा ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्।

सक्रिय केस र मृत्यु संख्यामा पनि प्रदेश ५ अगाडि

कोरोना संक्रमितको कूल संख्यासँगै सक्रिय केस पनि प्रदेश ५ मा नै बढी रहेको तथ्यांक छ।

उक्त प्रदेशमा हाल सबैभन्दा बढी तीन हजार २०७ सक्रिय केस छ। 

प्रदेश ५ मा पुष्टि भएका कूल संक्रमितमध्ये हालसम्म ५९१ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

सक्रिय केस रहेकामा प्रदेश २ दोस्रो स्थानमा छ। उक्त प्रदेशमा हाल दुई हजार ४३८ सक्रिय केस रहेकाे स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

प्रदेश २ मा हालसम्म एक हजार ३५२ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। 

यसैगरी सूदूुपश्चिम प्रदेशमा दुई हजार ३७७ सक्रिय केस छ। उक्त प्रदेशमा हालसम्म ७५ जना उपचारपछि निको भई घर फर्केका छन्।

प्रदेश १ मा सबैभन्दा कम १९७ वटा सक्रिय केस छन्। उक्त प्रदेशमा ३९८ जना उपचारपछि निको भई डिस्चार्ज भएका छन्। 

कर्णाली प्रदेशमा ९४२, गण्डकीमा ८८४ तथा बागमती प्रदेशमा २९६ सक्रिय केस छ।

कूल संक्रमितमध्ये कर्णाली प्रदेशमा ५२० जना, गण्डकीमा १३१ जना र बागमती प्रदेशमा १२७ जना उपचारपछि निको भइ घर फर्किसकेका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल कूल १० हजार ३४१ सक्रिय केस छन्। कूल संक्रमितमध्ये तीन हजार १९४ जना उपचारपछि डिस्चार्ज भएका छन्।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका २९ जनामध्ये सबैभन्दा बढी प्रदेश ५ बाट ९ जना छन्।

सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशमा पाँच-पाँच जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

यसैगरी, प्रदेश २ र कर्णाली प्रदेशमा हालसम्म चार-चारजनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ।

गण्डकी प्रदेशमा दुईजनाको मृत्यु भएको छ। प्रदेश १ मा भने हालसम्म कसैले पनि कोरोना संक्रमणबाट ज्यान गुमाउनुपरेको छैन।

नेपालमा पहिलोपटक गत माघमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि चैतमा दोस्रो संक्रमित देखिएसँगै सरकारले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन ११ चैतबाट देशव्यापी लकडाउन लागू गरेको थियो।

लकडाउनको अवधि पटक-पटक थप गरे पनि कोरोना संक्रमणदर भने राेकिएकाे छैन।

पछिल्लो समय लकडाउन खुकुलो बनाएसँगै संक्रमणदर उच्च बन्दै गएको छ। हाल दैनिक करिब ५०० को हाराहारीमा कोरोना संक्रमित थपिरहेका छन्।

यसले नेपालमा कोरोना भाइरसको जोखिम बढाउँदै लगेको विज्ञहरू बताउँछन्। 

प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पनि आगामी साउन र भदौ महिनामा संक्रमण दर सबैभन्दा बढी हुने बताएका छन्।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन अत्यावश्यक काममाबाहेक घरबाट बाहिर ननिस्कन अपिल गर्दै आएको छ।

बाहिर निस्कँदा भौतिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, पटक-पटक साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गरेर संक्रमणबाट बच्न सकिने मन्त्रालयको सुझाव छ।

प्रकाशित: मंगलबार, असार १६, २०७७ २१:११
समाचार सारांशमा :
  • नेपालमा कोरोना संक्रमित पुष्टि भएका कूल संख्याको २८ प्रतिशत संक्रमित प्रदेश ५ मा
  • सबैभन्दा कम संक्रमित बागमती प्रदेशमा ४२८ जना
  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका २९ जनामध्ये सबैभन्दा बढी प्रदेश ५ बाट ९ जना
पूरा समाचार पढ्नुहोस्