२०७७ असार २१, आईतबार

एडीबीद्वारा कोरोना महामारीविरूद्ध जुध्न नेपाललाई ३० लाख डलरको सहायता स्वीकृत

काठमाडौं। एशियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोरोना भाइरसको महामारीविरूद्ध जुध्न ३० लाख अमेरिकी डलर (करिब साढे ३६ करोड रूपैयाँ) अनुदान सहायता स्वीकृत गरेको छ। 

एडीबीले एशिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट उक्त सहायता स्वीकृत गरेको जनाएको छ।

उक्त सहायता रकम जापान सरकारको तर्फबाट कोषमा प्राप्त भएको एडीबीले जनाएको छ।

विशेषगरी सीमा क्षेत्रमा विदेशबाट फर्किएका कामदार राख्ने क्वारेन्टिनको सुविधा तथा व्यवस्थापनमा सुधार गर्नका लागि उक्त सहायता परिचालन हुनेछ।

यसैगरी ल्याब तथा मेडिकल सामग्री, औषधिलगायत खरिदमा पनि उक्त रकम खर्च गरिनेछ। 

‘‘यो सहायताबाट क्वारेन्टिनको सुविधा र व्यवस्थापनमा सुधार गरी कोरोना भाइरसको संक्रमणदर नियन्त्रण गर्न नेपाल सरकारलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’’ एडीबीका नेपाल निर्देशक मुख्तर खमुदखनोभले भने, ‘‘कोरोना भाइरसको महामारी नियन्त्रणमा नेपाललाई सघाउन एडीबी तयार छ।महामारीका कारण स्वास्थ्य र आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरणमा समेत सरकारसँग मिलेर काम गर्ने प्रतिबद्ध व्यक्त गर्दछौैं।’’ 

प्रकाशित: मंगलबार, असार १६, २०७७ २१:२४
समाचार सारांशमा :
  • एडीबीले नेपाललाई कोरोना भाइरसको महामारीविरूद्ध जुध्न ३० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकृत गरेको छ। 
  • एडीबीले एशिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट उक्त सहायता स्वीकृत गरेको जनाएको छ।
पूरा समाचार पढ्नुहोस्